July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

झापाबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय पक्राउ

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:४३
झापाबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय पक्राउ

झापा । झापामा एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार झापा गाउँपालिका १ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुई वटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको थियो । नक्कली नोटसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए ।

भारतबाट नेपाली नक्कली नोट किन ल्याइएको बारेमा प्रहरीले अनुसंन्धान गरिरहेको बताउँदै उनले भने, ‘घटनामा संलग्न भएका व्यक्तिलाई कानुन बमोजिम कारवाही हुन्छ ।’

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्