May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

अध्यागमन अधिकृतले झुट बोलेको पोलिग्राफले देखायो

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:१३
अध्यागमन अधिकृतले झुट बोलेको पोलिग्राफले देखायो

काठमाडौं । भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो ।

जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्राफको प्रतिवेदनमा ‘डिसेप्सन इन्डिकेटेड’ लेखिएको छ । जाँच गरिएका व्यक्तिले झुटाे बोलेको अवस्थामा यस्तो रिपोर्ट आउने अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन्

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले नरवीरलाई १८ मंसिरमा सिनामंगलस्थित होटल वाल्टिक इनबाट पक्राउ गरेको थियो । त्यसबेला उनको साथबाट प्रहरीले २ लाख रुपैयाँ र विदेश जाने ६६ युवाको सूची पनि बरामद गरेको थियो ।

बयानका क्रममा आफूले सेटिङ गर्ने गरेको स्वीकारे पनि उनले २ लाख रुपैयाँ सापटी लिएको दाबी गरेका थिए । अनुसन्धानका क्रममा भने उनले कन्सल्टेन्सीका सञ्चालकहरुले दिने सूची अनुसारका व्यक्तिहरुलाई विदेश पठाउन सहयोग गरेवापत पैसा लिएको भेटिएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।