July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा झापाको गौरादहमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको छुट्टाछुट्टै मूल्य कायम गर्ने तयारी प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप, अनिवार्य उपस्थित हुन निर्देशन मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १४:१२
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन् ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ । अहिलेसम्म दलहरुबीच कुनै पनि ठोस सहमति नभएकाले २ बजेको बैठक पनि अन्योलमा परेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्