April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:४५
चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री

काठमाडौँ — भारतको झारखण्ड राज्यमा झारखण्ड मुक्ति मोर्चाका उपाध्यक्ष चम्पाई सोरेनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । राज्यपालका सीपी राधाकृष्णननले शुक्रबार राजभवनमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका हेमन्त सोरेनले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सत्ता गठबन्धनले चम्पाईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको हो । शुक्रबार चम्पाईसँगै कांग्रेस नेता आलमगिर आलम र राष्ट्रिय जनता दलका सत्यानन्द भोक्ताले पनि मन्त्रिपरिषद् सदस्यको शपथ लिएका छन् ।

कांग्रेसको समर्थनमा मोर्चाले बुधबार नै बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेस गरेको थियो। बहुमत सांसदहरू राज्यपाल कार्यालय अगाडि राति अबेरसम्म जम्मा भएका थिए । राज्यपालले संवैधानिक विज्ञहरूसँग छलफल गर्ने बताउँदै आएका थिए । भाजपाले सत्ता गठबन्धनसँग बहुमत नभएको दाबी गर्दै आएको थियो । भाजपाले सत्ता गठबन्धनका दल फुटाउन सक्ने आशंकामा ३९ सांसदलाई बिहीबार हैदराबाद पठाइएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।