May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

बिरामीको अभिलेख डिस्पले हुने गरि राख्न मन्त्रालयको निर्देशन

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १४:४९
बिरामीको अभिलेख डिस्पले हुने गरि राख्न मन्त्रालयको निर्देशन
  • निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन
  • बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकललाई पत्राचार गर्दै बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन दिएका हुन् ।

‘अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्य रुपमा गराउन पटक-पटक परिपत्र गरिरहेको छ’, परिपत्रमा भनिएको छ, ‘उक्त व्यवस्था अनुरुप सेवा लिएका बिरामीहरुको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सोको विवरण सार्वजानिक रुपमा देखिने गरी राख्ने, टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्था राख्न अनुरोध गरिन्छ ।’

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याउन पटक-पटक निर्देशन दिँदै आएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।