May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जनक शिक्षामा दैनिक एक लाख थान पुस्तक छापिँदै

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १६:४३
जनक शिक्षामा दैनिक एक लाख थान पुस्तक छापिँदै

भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ ।

आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।

“आउँदो शैक्षिक सत्रका लागि एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड १९ लाख थान पाठपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ”, केन्द्रका प्रबन्ध निर्देशक झाले भने, “अब बाँकी ५५ लाख थान पाठ्यपुस्तक पनि फागुन महिनाभित्रमा छपाइ सम्पन्न गर्नेछौँ ।” उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखिसकेको बताउँदै पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सै घण्टा चलिरहेको जानकारी दिए ।

प्रबन्ध निर्देशक झाले भने, “हामीले अहिले २४ सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४ सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ । छपाइ सकिएका पुस्तक सातवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्ष जस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौं र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ ।”

उनले चैतदेखि पुस्तक वितरण सुरु गरी शैक्षिक सत्र सुरु हुँदा विद्यालय विद्यालयमा पुस्तक पुर्‍याएर विद्यार्थीको हातहातमा पुस्तक पुग्ने गरी तयारी गरेको बताउँदै कुनै हालतमा पनि पुस्तक अभाव नहुने र वितरणमा पनि ढिलाइ नहुने बताए । शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको भन्दै अबदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने बताए ।

सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजीलाई नदिई केन्द्रलाई थप गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै शिक्षा मन्त्रालयमा पत्राचार गर्दै पुस्तक छपाइबारे छिटो निर्णय गर्न पत्राचार गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गत मङ्सिर १२ मा केन्द्रमै बसेको बैठकमा प्रबन्धक निर्देशक झाले सरकारले यसबारेमा चाँडै निर्णय गरी १ देखि १२ सम्मको आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी केन्द्रलाई दिन माग गरेका थिए ।

केन्द्रले जिम्मेवारी पाउने आशामा कक्षा ३ का केही किताब छपाइसमेत गरिसकेका थियो । केही वर्ष अगाडिसम्म जनक शिक्षाले पुस्तक छपाइ र वितरणमा ढिलाई गरेर पाठ्यपुस्तकको अभाव भएको भन्दै विवादमा आइरहे पनि विगत तीन वर्षयता भने केन्द्रले पुस्तक छपाइ र वितरण समयमै सम्पन्न गरेको भन्दै प्रशंसा बटुलेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट