May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० ११:२१
शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या भएकाे छ ।

भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-२ अकाहा स्थित रहेकाे श्री आाधारभूत विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी बिषयकाे शिक्षक नभएकाे र अङ्ग्रेजी बिषयकाे शिक्षकाे ठाउँमा सामाजिक पढाउँने शिक्षकलाई गाउँपालिका अध्यक्षले हाजिरी गराउने अडानकाे कारण पठनपाठनमा समस्या आएकाे हाे ।

लाेमाे समयदेखि विद्यालयमा उक्त शिक्षकलाई हाजिरी गराउँन गाउँपालिका अध्यक्षले उक्त विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्षलाई दवाव दिंदै आएकाे छ ।

गाउँपालिका अध्यक्ष अज्मल अक्तर अजादले अङ्ग्रेजी विषयकाे शिक्षकाे ठाउँमा सामाजिक बिषयकाे शिक्षकलाई हाजिरी गराउने अडान लिएका छन् भने उक्त विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्षले बिषयगत शिक्षकलाई मात्र हाजिरी गराउने अडान लिएकाे छ ।

उक्त समस्याको समाधान नभएपश्चात प्रअ तेजनारायण साहले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले बिषयगत शिक्षक पठाउँन अन्तरिम आदेश समेत दिसकेकाे छ र शिक्षाको व्यवस्था गर्नुकाे सट्टा गाउँपालिका अध्यक्षकाे माैखिक निर्देशनमा भाेक्राहा नरसिंह गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले उक्त विद्यालयकाे खातानै राेक्क गरिदिएका छन् ।

खाता राेक्का भएपश्चात विद्यालयमा पाठ्यपुस्तक खिरिद गर्न देखि विद्यार्थीहरूलाई खाजा खुवाउन समेत प्रअ साहलाई अहिले धाउधाउ भैरहेकाे छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट