sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काङ्ग्रेस नेता तथा पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० 0७:३१
काङ्ग्रेस नेता तथा पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ ।

झापाको अर्जुनधारा निवासी बुढाथोकी कांग्रेस भित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।

सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । पंचायत कालमा जलस्रोत साहयाक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसकेका नेता बुढाथोकी पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

दुई छोरा एक छोरी रहनुभएका बुडाथोकीको पार्थिक शरिरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगाईले जानकारी दिए ।

सम्भवत परिवारसग सल्लाह गरेर आजै कनकाई माई नदिमा अन्तिम सस्कार गरिने समेत हुमगाईले बताए ।

पार्टी भित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसंगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।
स्व केशबकुमार बुढाथोकी प्रति साझापरिबेश डटकम परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० 0७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid