May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

मेयरका प्रत्यासी दिलिपचन साहुले सर्वसाधारणलाई कुटपिट गरेको आरोप

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १७:२९
मेयरका प्रत्यासी दिलिपचन साहुले सर्वसाधारणलाई कुटपिट गरेको आरोप
  • दिलिपचन भन्छन सामान्य बादबिबाद मात्र भएको हो
  • सामाजिक संजालमा केही दिनदेखी दिलिपचन बिरुद्ध लागेको दिलिपचनको भनाइ
  • घरमा आएर कुटपिट गरेको संजयको भनाइ

 

साझा परिबेश डेस्क काठमाण्डौ  ।

२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा जनता समाजवादी पार्टी,नेपालबाट सुनसरीको इनरुवा नगरपालिकाकाे मेयर पदका प्रत्यासी दिलिपचन साहुले सर्वासाधारणलाई कुटपिट गरेका छन् ।

आइतबार इनरुवा नगरपालिका वडा नं-२ लक्ष्मी नारायण चाैक स्थित बसाेवास गर्दै आएका संजय यादवलाई साहुले यादवकाे घरमै गएर कुटपिट गरेको संजय यादबले बताएका छन । साहुकाे सामाजिक संजाल फेसबुकमा यादवले कमेन्ट गरेकाे कारण आइतबार यादवलाई सम्झाउँन आएका साहुले यादवमाथी कुटपिट गरेका थिए ।

बिहान ४ जनाकाे समुहमा आएका साहुले यादवमाथी एक्कासी कुटपिट गर्नथालेकाे पिडित संजय यादवले जानकारी दिए । यादवलाई शनिबार जसपाकायुवा नेता गाेपाल यादवले फाेन सम्पर्क गरि भाेली तिम्रो घर आउँदैछु कमेन्टकाे बिषयमा छलफल गर्छाै भनेका थिए र यादवले म काठमाडौंबाट आकाेछु भाेली हाेइन पर्सि बसाैं भनेर भनेका थिए । तर आइतबार बिहानै गाेपाल यादव संगै दिलिपचन साहु र अन्य दुई जना पिडित यादवकाे घर आए । उनिहरुलाई बस्न दिए त्यतिमै साहुले”मलाई फटाहा किन भनेकाे?” भन्दै अपशब्द प्रयाेग गर्दै कुटपिट गर्न सुरु गरेकाे त्यसपछि आफ्नो बचाउमा आफुले प्रतिकार गरेकाे पिडित यादवले जानकारी दिए । साहुले उनलाई २४ घण्टा भित्र तह लगाइदिने धम्की समेत दिएका थिए ।

उनिहरुकाे बिचमा कुटाकुट भैसकेपछि स्थानीयहरुकाे भिड पनि लागेकाे थियाे । साहले कुटपिट गरेकाे बबिया मिडिया प्रा.लि.का अध्यक्ष समेत रहेका सञ्चाकर्मी गनेश कुमार यादवले आफ्नो फेसबुक वालमा”इनरुवा नगरपालिकाकाे मेयर पदका प्रत्यासी जसपाका नेता दिलिपचन साहुले इनरुवा नगरपालिका वडा नं-२ लक्ष्मी नारायण चाैक स्थित बसाेवास गर्ने संजय यादवलाई घरमै गएर कुटपिट गरेका छन् । फेसबुकमा कमेन्ट गरेकाे निउमा साहुले यादवलाई घर गएर कुटपिट गरेकाे हाे ।” लेखेका थिए । उनकाे जवफ स्वरुप साहुले आफ्नो राजनीति रुपमा बदनाम गर्ने चरित्र हत्या गर्ने उदेश्यले कथित पत्रकार गणेश यादवले झुटाे आराेप लगाउँदै फेसबुकमा स्टाटस लेखेर भ्रम फैलाउने काम गरेकाे कुरा लेख्दै स्टाटस लेखेकाछन् ।

यस बिषयमा साझापरिबेश डेस्कले  दिलिपचन साहुसग बुझ्दा केही दिन देखि मेरो विरुद्धमा सामाजिक संजालमा लेखेको थिए र उनलाई सम्झाउन जादा सामान्य बादबिबाद भएको हो । कुटपिट गरेको आरोप झुटो भएको उनले बताए । म एउटा राजनीति गर्ने व्यक्ति हु भोलि यहि ठाउमा राजनीति गर्नुपर्छ त्यसैले मैले कुटपिट गर्दै हिड्न मिल्छ र उनले भने ।

 

एता पिडित यादवले साहुमाथी जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी समेत दिएकाछन् ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १७:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट