May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

काङ्ग्रेस नेता तथा पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० 0७:३१
काङ्ग्रेस नेता तथा पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ ।

झापाको अर्जुनधारा निवासी बुढाथोकी कांग्रेस भित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।

सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । पंचायत कालमा जलस्रोत साहयाक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसकेका नेता बुढाथोकी पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

दुई छोरा एक छोरी रहनुभएका बुडाथोकीको पार्थिक शरिरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगाईले जानकारी दिए ।

सम्भवत परिवारसग सल्लाह गरेर आजै कनकाई माई नदिमा अन्तिम सस्कार गरिने समेत हुमगाईले बताए ।

पार्टी भित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसंगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।
स्व केशबकुमार बुढाथोकी प्रति साझापरिबेश डटकम परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० 0७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।