April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै

उर्लाबारी आगलागीमा परेका २५ मध्ये ८ जनाको अवस्था कीर्तिपुर अस्पतालमा गम्भीर

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १५:११
उर्लाबारी आगलागीमा परेका २५ मध्ये ८ जनाको अवस्था कीर्तिपुर अस्पतालमा गम्भीर
  • उर्लाबारी घटनाका घाइतेमध्ये आठजनाको अवस्था गम्भीर
  • २५ मध्ये आठजनाको अवस्था गम्भीर
  • कीर्तिपुर अस्पतालमा उपचार हुँदै 

काठमाडौं ।।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । उनका अनुसार घाइते आठजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।

यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् । गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।