May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

घिउ र धुलो दूध निर्यातमा कोशी प्रदेश सरकारले अनुदान दिने

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १३:२६
घिउ र धुलो दूध निर्यातमा कोशी प्रदेश सरकारले अनुदान दिने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ र धूलो दूध निर्यातमा प्रोत्साहन अनुदान दिने भएको छ । यसका लागि न्यूनतम मापदण्ड तयार गरिएको छ । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० तयार गरेको हो ।

उक्त मापदण्डअनुसार नौनी घिउलाई प्रतिकिलो ९० रुपैयाँ, घिउूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ । यी अनुदान पाउन लागि निर्यातकर्ताले विभिन्न न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ । अनुदान प्राप्त गर्नका लागि निर्यात गर्दा भन्सार कार्यालयले उपलब्ध गराएको परिमाण खुलेको बिलबिजक तथा प्रतीतपत्रको प्रतिलिपि र कस्टम क्लियरेन्स फर्म तथा धुलो दूध उत्पादन गर्ने उद्योगको हकमा दूध संकलन वा दूध खरिद गरेको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ ।

प्रदेश सरकारले तय गरेको निर्यातमा प्रोत्साहन अनुदान सञ्चालन प्रक्रियाअनुसार सार्वजनिक सूचना पनि आव्हान गरिसकेको छ । उद्योग कृषि तथा सहकारी मन्त्रालयले गत माघ १४ गते एक सूचना प्रकाशित गरी आगामी जेठ मसान्तसम्ममा तोकिएको ढाँचामा निवेदन पेस गर्न आह्वान गरेको हो ।

उद्योगीहरुले बंगलादेशका व्यवसायीबाट नेपालमा उत्पादित धुलो दूध र नौनी तथा घिउको माग भएको बताएका थिए । सरकारले अनुदान नदिए बंगलादेश पठाउँदा आफूहरुलाई घाटा हुने भन्दै दूधजन्य वस्तुको निर्यातमा न्यूनतम अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग डेरी उद्योगहरुले माग गर्दै आएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।