sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाकिस्तानमा निर्वाचनलक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १८:४५
पाकिस्तानमा निर्वाचनलक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुईवटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४२ जना घाइते भएका छन् ।
बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो । विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । त्यसको एक घण्टा नबित्दै किल्ला अब्दुल्ला क्षेत्रमा जमियत–उलेमा इस्लाम–पाकिस्तानको चुनावी कार्यालय बाहिर अर्को बम विस्फोट भएको छ । उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । बलुचिस्तान पन्जगुरका एक वरिष्ठ प्रहरी अधिकारी अब्दुल्लाह जेहरीले उम्मेदवार अस्फन्दयार खान काकरको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटको घटनामा बम टाढाबाटै विस्फोट गराइएको र भवन बाहिर एउटा झोलामा राखिएको खुलेको बताए । ‘केही घाइतेको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारको लागि क्वेटा लगिएको छ,’ उनले भने।

विस्फोटमा परी मृत्यु हुनेमा अहिलेसम्म १७ जनाको शव भेटिएको तर मृतकको संख्या बढ्न सक्ने उनले बताए । ‘आतंकवादीहरूले चुनावी उम्मेदवारहरूलाई लक्षित गरी मानिसहरूलाई मतदान केन्द्रहरूमा जानबाट रोक्नको लागि लक्षित गरिरहेका छन् तर निर्वाचन निर्धारित समयमै अघि बढ्न सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थप गरिएको छ,’ जेहरीले भने । स्थानीय मिडिया रिपोर्टका अनुसार किल्ला अब्दुल्ला क्षेत्रमा जेयूआई उम्मेदवारको चुनावी कार्यालयमा भएको शक्तिशाली विस्फोटमा ठूलो क्षति भएको थियो, जसमा आठ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले दुई विस्फोटको पुष्टि गर्दै बिहीबार हुने निर्वाचनका लागि प्रान्तमा सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिएको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid