May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कर्फ्युले नेपालगञ्ज सुनसान

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:२0
कर्फ्युले नेपालगञ्ज सुनसान
  • कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त
  • उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गर्यो 
  • आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन्

काठमाडौं ।।

कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । नाकामा रोकिएकाहरुलाई प्रहरीले गाडीको व्यवस्था गरेर नेपालगञ्ज क्षेत्र कटाइदिने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरु मोर्निङ वाकमा निस्किएको देखिएको थियो । त्यस्ता व्यक्तिहरुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रवक्ता डाँगीले बताए । स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ । गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ दिन सक्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डाँगी भन्छन्, ‘कर्फ्यु उल्लंघन नगर्न भनेर हामीले माइकिङ पनि गरिरहेका छौं । तर केही व्यक्ति मोर्निङवाकमा निस्किएको पनि देखियो । बन्द र कर्फ्यु छुट्याउन नसकेको जस्तो बुझियो ।’ उनले कर्फ्युको बेला घरभित्र नबसेर बाहिर निस्किनेहरुलाई कानुनी व्यवस्थाको समेत जानकारी गराएर घरमै पठाउने गरिएको बताए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।