May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सुन तस्करी आयोग गठन सहमतिको आधारमा गरियोस् : रास्वपा

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० ११:३८
सुन तस्करी आयोग गठन सहमतिको आधारमा गरियोस् : रास्वपा
  • सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्ने 
  • सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि
  • असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति सहमतिमा मात्र सिमित 

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दलहरुका बीचमा भएको सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि जनाएको छ । गत भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो ।

तर कार्यादेशका सम्बन्धमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा विवाद भएपछि आयोग गठन हुन सकेको छैन । यससम्बन्धमा विज्ञप्तिमार्फत आयोगले भनेको छ, ‘सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको छ ।’सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा देखा परेको विवादले आयोग नै गठन नहुने आशंका जन्मिएको भन्दै आयोगले सात दलका बीचमा भएको सहमति अनुसार कार्यादेश हुने गरी आयोग गठन गर्न भनेको हो ।

‘भदौ ६ गतेको सहमतिअनुसार समिति गठन गरी कार्यादेश तोक्नु पर्नेमा सत्ता र प्रमुख प्रतिपक्ष नै आरोप-प्रत्यारोपमा उत्रिदा सो सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशंका उब्जिएको छ । तसर्थ, यो बैठक उक्त सहमतिमा हस्ताक्षरकर्ता दलको नाताले भदौ ६ गतेको सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै उच्चस्तरीय समिति तत्काल गठन गरी कार्यादेश तोक्न सरकारसँग माग गर्द,छ’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

सुन तस्करीको छानबिन गर्न गठन गर्ने आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धानलाई सन्दर्भ सामाग्रीका रुपमा मात्रै लिएर अनुसन्धान गर्ने गरी कार्यादेश तोकिनु पर्ने एमालेको माग छ । तर सत्तारुढ दलहरु एमालेको मागमा सहमति छैनन् ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट