May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बीपीका विद्यार्थीको माग

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १0:५६
पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बीपीका विद्यार्थीको माग

विराटनगर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र चिकित्सक शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । नियमित रुपमा पठनपाठन सञ्चालन गर्न माग गर्दै प्रतिष्ठानका चिकित्सा विद्यार्थीहरु अनशनमा बसेका छन् ।

आवश्यक वातावरण बनाएर यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू रिले अनशनमा बसेका हुन् । उनीहरु विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा नारासहित अनशनमा बसेका छन् ।

विद्यार्थीहरुले पढ्न पाउने अधिकार हनन नगर्न भन्दै नियमित पठनपाठन सञ्चालन गरी परीक्षाका गतिविधि अघि बढाउन माग गरेका छन् ।

प्रतिष्ठानमा रहेका विद्यार्थीहरुको संस्था विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा हेलचेक्र्याइँ नगर्न आग्रह गरिएको बताए ।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै पछिल्लो पटक करिब एक महिनादेखि प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलित छन् ।

त्यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए । तर व्यवस्थापनले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन भएको थियो । माग पूरा गर्ने र सहमति कार्यान्वयन गर्नेतर्फ प्रतिष्ठान व्यवस्थापन गम्भीर नभएको भन्दै उनीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण चिकित्सा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बिरामीको उपचार सेवा पनि प्रभावित बनिरहेको छ ।

प्रतिष्ठानमा उत्पन्न समस्या र तनावको अवस्था अन्त्य गर्न स्थानीय बासिन्दा, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले कोशी प्रदेश सरकारदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गराउँदै आएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट