July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १0:३१
रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।

शुक्रबार १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।

प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्