April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १0:१२
ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

मुम्बई (नवभारत टाइम्स) । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीतकृत गरेको छ । यो फिल्म ५० औं नम्बरमा छ ।
यो सूचीमा ‘ओपेनहाइमर’, ‘स्पाइडरमेनः एक्रस द स्पाइडर वर्स’, ‘ग्लेडिएटर’, ‘द लायन किंग’, ‘टॉय स्टोरी’ जस्ता हलिउड फिल्म छन् ।
केवल २० करोडमा निर्माण भएको यो फिल्मले ६६ दशमलब ५५ करोड कमाई गरेर सुपरहिट साबित भएको थियो । फिल्मको कथा र कलाकारको अभिनयले जोकोही दर्शक प्रभावित भएका थिए । निर्देशकको निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत ‘१२ वी फेल’कोे सफलताको खुशी बाँडेका छन् ।
‘१२ वी फेल’ ती लाखौं विद्यार्थीको संघर्ष र मेहनतको कथा हो, जो यूपीएससीको परीक्षामा सारा सपना लिएर बस्छन् । यो फिल्मको कथा चम्बलमा बस्ने आइपीएस अफिसर मनोज शर्माको सत्यकथा हो, जो गाउँमा हुर्कन्छन्–बढ्छन्, र केही कारणले उनी १२ मा फेल हुन्छन् । अचानक उनको जीवनमा एक यस्तो ‘यूटर्न’ आउँछ, र उनी आइपीएस बन्ने सपना देख्छन् । यसपछि निकै लामो संघर्षपछि उनले यो सफलता पाउँछन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १0:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।