May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको निर्देशन

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १0:३७
राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन निर्देशन दिएका छन् । शुक्रबार विहान सिंहदबारमा बसेको मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले जहानियाँ राणा शासनको अन्त्य भएर जनताको शासन स्थापना भएको दिनकोरुपमा प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन निर्देशन दिए ।

बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने प्रबन्ध गर्न आग्रह गरेको छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा मेयर वा अध्यक्षको संयोजकत्वमा मुल समारोह समिति गठन गरी दिवस मनाउने प्रबन्ध गर्न आग्रह गर्ने बैठकको निर्णय छ । बैठकले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।
दिवसमा विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गर्ने बैठकको निर्णय छ ।
दिवसमा रक्तदान, शैक्षिक सामाग्री वितरण जस्ता सिर्जनात्मक कार्य गर्न समेत बैठकले आग्रह गरेको छ । नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाईं गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कीत व्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट