May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

कोशी प्रदेश सरकारमा थपिँदै मन्त्रीहरू

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:१२
कोशी प्रदेश सरकारमा थपिँदै मन्त्रीहरू

विराटनगर । कोशी प्रदेश सरकारमा आज(शुक्रबार) नयाँ मन्त्रीहरु थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरु थपेर सरकार विस्तार गरिन लागेको हो ।

सरकारमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रुपमा सहभागी हुने जनाइएको छ । माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् ।

सुनुवारले स्वास्थ तथा खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री, माओवादीका मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकासमन्त्री बन्ने भएको स्रोतले बताएको छ ।

सरकारमा थपिने मन्त्रीहरुलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको कोशी सरकारमा हाल कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट