December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:0२
प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक

फिदिम : पाँचथरमा हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ को खेल तालिका सार्वजनिक भएको छ।

आयोजक पाँचथर फुटबल क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। मंसिर १६ गतेबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने निश्चित भएको हो।

खेल तालिका अनुसार १६ गते दिनका १२ बजेदेखि सञ्चालन हुने उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्बलबीच भीडन्त हुनेछ।

मंसिर १७ गते सञ्चालन हुने खेलमा इलामको रेडहर्ष फुटबल क्लबसँग झापाको बिर्तामोड युनाइटेड क्लब भिड्नेछ। मंसिर १८ गते हुने खेलमा डीएफसी मोरङसँग दार्जिलिङको युनाइटेड फुटबल क्लब भिड्नेछ। मंसिर १९ गते हुने खेलमा ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लबसँग काठमाडौंको हिमालयन शेर्पा क्लब भिड्नेछ।

सेमिफाइनलका खेलहरू मंसिर २० र २१ गते दिनको १:३० बजे सञ्चालन हुने खेल तालिकामा उल्लेख छ। प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते दिनको १२ बजेबाट फिदिम माविको मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।