July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:३९
संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहारहरु भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए ।

उनले भने, ‘आज हामीसँग यो संविधान छ । यसलाई कैयौंं कोणबाट आक्रमण भइरहेको छ । यसलाई हामी धेरै अस्वभाविक पनि नमानौं । नेपालमा मात्र होइन् । हामी एउटा चरणमा गएर यो आक्रमणहरु सकिन्छ र एकैपटक हाम्रो यात्रा सहज हुन्छ भनेर अनुमान पनि नगरौ. । अप्ठ्यारोहरु आउँछन । त्योसँग जुद्दै जाने हो । चिन्ने र चिर्ने पनि हो । संविधानमाथि प्रहारहरु कहाँबाट आएका छन् । एउटा कोण छ आक्रमण गर्ने त्यो नयाँ पात्र हामीले नचिनेको होइन् । हामीले नहराएका पनि होईन् । तीन हातबाट खोसेर जनताले यो संविधान बनाएको हो । त्यो पुर्नउत्थान प्रवृत्ति हिजो पनि थियो, आज पनि छ । हामीले चिन्नुपर्छ ।’

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरुबाट नै संविधानमाथि प्रहार हुने गरेको उनको भनाइ छ । संघर्षका दिनहरुलाई सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्ने धारणा राखे ।

उनले भने,‘अर्को एउटा प्रवृत्ति पनि छ । हेर्दाखेरी संविधान मानेको जस्तो देखिने निर्वाचनमा भाग लिएको जस्तो देखिने तर ख्याल ग¥यौं भने यसले हाम्रो इतिहासलाई ढिसमिस गर्छ । संघर्षका दिनलाई सुशासनसँग जोड्नुपर्छ । पार्टीले त्यसलाई मन्त्र बनाउनुपर्छ । आजको दिनमा नागरिक सबैभन्दा आजित कुशासनका कारणले छन् । त्यसैले कांग्रेसले मन्त्र बनाउनैपर्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्