April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५९
पक्राउ परेकालाई विनासर्त रिहाइ गर्न पहिचान पक्षधरको माग

काठमाडौँ । प्रदेश नम्बर १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका सदस्य सचिव धिरेन्द्र किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आन्दोलनकारीलाई विनासर्त रिहाइ गर्न गृहमन्त्रालय, स्थानीय प्रशासन, प्रहरी प्रशासनलाई अनुरोध गरेका हुन् । ‘अन्यथा अनावश्यक शक्ति प्रयोग गर्दै राज्य शक्ति र श्रोतको दुरुपयोग गर्दै पहिचान विरोधी हर्कत गर्दै दमनकारीको विरुद्ध थप कडा प्रतिरोध गर्न बाध्य नबनाइयोस् भनि अनुरोध गर्दछौं’, संघर्ष समितिले चेतावनी दिएको छ ।

पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेतलगायतलाई कोशी प्रवेशमा रोक लगाउने भन्दै अवरोध गरेपछि भोजपुर, खोटाङ, धनकुटा उदयपुर लगायतका जिल्लाबाट बिहीबार बिहानसम्म ३० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट