July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १६:१२
विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

काठमाडौं । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी छिन् ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पहिला–पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४’को नतिजाअनुसार त्रिभुवन विश्वविद्यालय १५ सय युनिभर्सिटीमध्ये १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी हुन् ।

उनले भनिन्,‘त्रिभुवन विश्वविद्यालय अहिलेको टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४ को नतिजाअनसार १५ सय युनिभर्सिटी छान्दा १२०१ मा पर्दोरहेछ । यो त्यति राम्रो ¥यांकिङ होईन् । पहिला पहिला यसको ¥यांकिङ राम्रो थियो भनिन्छ । विश्वको मानचित्रमा हाम्रो यांकिङ खस्किदै गएको छ ।
उनले विश्वविद्यालयप्रतिको भरोसा पनि दिनप्रतिदिन टुट्दै गएको भन्दै उपकूलपतिका लागि राम्रा व्यक्तिको निवेदन नपरेको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उपकूलपतिमा मेरिट्सका आधारमा नियुक्त गर्ने भनेपनि टेस्टेड फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउन लागेको भन्दै भन्दै उनले भनिन, ‘राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दैगर्दाखेरी टेस्टेड फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउनका लागि छानेको हो?’

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्