May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ

योजना आयोगद्वारा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १२:११
योजना आयोगद्वारा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन
  • राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि
  • सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन
  • पालिका प्रमुख उपप्रमुखहरूसहित निजी क्षेत्रको सहभागिता रहने

काठमाडौं ।।

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँग सुझाव संकलन गर्दैछन् ।गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । उनका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका मन्त्रीहरू, प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागिता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिइने सदस्य फुयाँलले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूपश्चिम, वाग्मती र मधेस प्रदेशमा समेत जारी रहनेछ । “१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौँ” सदस्य फुयाँलले भने, “सोमबार हामीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री राखेर छलफल गर्यौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरूसहित निजी क्षेत्रको सहभागिता रहनेछ ।”आयोगले मधेस प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वाग्मतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदूरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।