May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0७:५९
रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

काठमाडौं । जिरीको हिमाली एफएमले एउटा कार्यक्रम चलाउँथ्यो साथी बनाउने । स्रोताहरु फोन गर्थे, साथी बन्थे । दुर्घटनामा नपरेकाहरुले गरेका चर्चा न सञ्चारमाध्यममा आए न त कार्यक्रमका विषयमा कतै आलेख नै छापियो ।

सोमबार काठमाडौंमा जिल्ला प्रहरी परिसर टेकुले उक्त रेडियो कार्यक्रमको नाम लिएको छ । नाम पनि हत्या घटनाको अनुसन्धानबाट प्राप्त तथ्यका रुपमा । गत शनिबार साँझ प्रहरी कन्ट्रोलको १०८ नम्बरमा फोन आयो — गौशालाको रुञ्चेडाँडास्थित सिरहा धनुषा होटल एण्ड लजको एउटा कोठामा अपरिचित महिलाको लास छ । गौशालाबाट प्रहरी टोली पुग्यो । लजको १०८ नम्बर कोठाभित्र खाटमा महिलाको लास थियो । घाँटीमा नाइलनको डोरी कसिएको, अनुहारमा रगतजस्तो रातो लतपतिएको । मृतकको साथमा पहिचान खुल्ने न कागजपत्र थियो, न त मोबाइल । प्रहरीले लजको इन्ट्री रजिस्टर हे¥यो । त्यहाँ टिपाइएको नाउँ, ठेगाना वास्तविक थिएन । गत माघ २४ र २६ गते कोठा बुक गरिएका इन्ट्री प्रहरीले अध्ययन ग¥यो ।

ढाँटेर टिपाइएको नाउँ, ठेगानाको पछि लागेको प्रहरीले पत्ता लगायो । आफन्त बोलायो र सनाखत गरायो । मृत महिला थिइन काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने रामेछापको लिखु—५ का नसे दमाइकी श्रीमती पर्मिला ।

सनाखत नसे र उनकी बहिनी शर्मिलाले गरे — मृतक पर्मिला नै हो । प्रहरीले सीसीटीभी फुटेज खोज्यो । त्यसमा गत शुक्रबार पर्मिला एक जना पुरुषसँग उक्त होटलतर्फ गइरहेको दृश्य देखियो । मास्क र टोली लगाएका ती पुरुषको पहिचान तत्काल सम्भव भएन । प्रहरीले पर्मिलाको मोबाइल नम्बरका कल डिटेल र उनको सम्बन्धबारे अनुसन्धान थाल्यो । ती पुरुष उनका प्रेमी रहेको शंका भयो ।

दुवैबीच विगतको प्रेम सम्बन्ध परिवारलाई थाहा भएको खुल्यो । गाउँमा बारम्बार सँगै देखिएपछि विवाद बढ्दा किचलो प्रहरीमा पुगेको थियो । गत मंसिर ७ मा दुवै पक्षलाई रामेछापको इलाका प्रहरी कार्यालय धोबीडाँडाले मिलापत्र गराएको थियो । मिलापत्रमा ती पुरुषका बारेमा उल्लेख थियो । ती थिए हाल काठमाडौं बस्दै आएका दोलखाको वैतेश्वर—७ का ३८ वर्षीय कुमार श्रेष्ठ । हत्याका संदिग्धको पहिचान खुलेपछि प्रहरीले श्रेष्ठलाई खोज्न थाल्यो । दोलखाको पुरानो डेरामा भेटिएनन् । उनी काठमाडौंको बुद्धनगरबाट पक्राउ परे । उनका साथबाट लजमा नाम ठेगाना टिपाउन उपयोग गरेको झुटा परिचयपत्र मात्रै फेला परेन, घटनाको दिन भएको झगडामा च्यातिएको टीसर्ट र पर्मिलाको मोबाइल फोन पनि बरामद भयो ।

पर्मिला श्रीमानसँग रामेछापमै थिइन । रेडियो कार्यक्रममार्फत कुमार श्रेष्ठसँग चिनजान भएको थियो । कुराकानीको क्रम बढ्यो । दुवै विवाहित रहेको एकअर्कालाई थाहा थियो तैपनि प्रेम सम्बन्ध बनाए ।

नसे काठमाडौं गएको मौकामा कुमार पर्मिलालाई भेट्न रामेछापस्थित घर पुगे । आफ्नो परिचय दिए — पर्मिलाको माइती अर्थात काका पर्ने हुँ । उनी त्यहाँ एक साता बसे । दुवैको हिमचिम देखेर परिवार र गाउँलेले शंका गरे । दुवैको सम्बन्धको वास्तविकता खुल्यो । झगडा भयो । विवाद प्रहरी कार्यालयसम्म पुग्यो । दुवै परिवार राखेर छलफल गर्दा कुमारलाई श्रीमती सविना र पर्मिलालाई नसेले जिम्मा लिए । एकअर्कालाई नभेट्ने सहमति भयो । दुवै पक्ष आआफ्नो घर गए ।
गत मंसिरमा नसे र पर्मिला सानो छोरासहित काठमाडौं आए । भीमसेनगोलाको सुकुम्बासी टोलमा बस्न थाले ।

पुसमा कुमार पनि काठमाडौं आए । बुद्धनगरमा डेरा लिए । छोरीसँगै बस्दै थिए । प्रहरीको अनुसन्धानअनुसार कुमार त्यसै सोझो मनले काठमाडौं आएका थिएनन् । आएलगत्तै लोकन्थहीमा डेरा लिए, पर्मिलालाई बोलाए । दुवै सँगै बस्न थाले । घरायसी कामले कुमार दोलखा गएका बेला पर्मिला श्रीमान नसेको डेरामा फर्किन् । माघ ४ मा कुमार पर्किए । दुवैबीच भेट भयो । माघ २४ मा सिरहा धनुषा लजमा एक बाससँगै बसे । पर्मिलाले सधैं बाहिर बसेर हुँदैन, मलाई बिहे गरेर घर लैजाउ भनिन् । कुमारले जेठी श्रीमतीको दबाबका अगाडि त्यसो गर्न नसक्ने बताए । माघ २६ मा उनीहरु फेरि त्यही लजमा आए । दुवैबीच पुरानै कुरामा विवाद भयो । हातपात भयो । कुमारले पर्मिलाको बायाँ कञ्चटमा मुक्का हाने, उनी ढलिन् । हतार हतार नाइलनको डोरीले उनको घाँटी कसे । उनले हलचल नगरेपछि सुटुक्क निस्किए, मोबाइल पनि साथै लिएर गए भागे ।
कुमार पक्राउपछि प्रहरीले घटनाको विवरण सोमबार सार्वजनिक गरेको हो । यद्यपि घटनाको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0७:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।