sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:२२
गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

मुम्बई (बलिउड हंगामा) । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ ।

पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि, उनका क्रिकेटर पति विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् ।

केही दिन अघि क्रिकेटर डिविलिअर्सले अभिनेत्री अनुष्का गर्भवती रहेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनले कोहलीले परिवारसँग समय बिताउनका लागि टिमबाट बिदा लिएको दाबी गरेका थिए । तर केही समयपछि उनले आफ्नो भनाईलाई फिर्ता लिँदै माफी मागेका थिए । तर अहिले आएको एक खबरलाई आधार मान्ने हो भने डिविअलर्सको भनाईलाई सही मान्न सकिन्छ ।

समाचारअनुसार अनुष्काको गर्भावस्थामा केही समस्या देखिएको छ । खेल पत्रकार अभिषेक त्रिपाठीले ट्वीटरमा एक ट्वीट गर्दै अनुष्काको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

चार कुरा । पहिलोः जो डिविलियर्सले भनेका थिए, त्यो कुरा सही हो । दोस्रोः केही स्वास्थ्य समस्याका कारण विराटले अनुष्कालाई विदेशमा रहेका डाक्टरलाई देखाउने र परिवारका साथ केही समयका लागि उतै बस्ने निर्णय लिएका छन् । तेस्रोः उनले बीसीसीआईसँग अनुमति लिएर यो समय परिवारका साथ बिताउने निर्णय लिएका छन् । चौथोः हामी उनको सुखद भविष्यको कामना गर्न चाहन्छौं, त्रिपाठीले ट्वीट गरेका छन् ।

यो ट्वीटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ट्वीटरमा अनुष्का र विराटका फ्यानहरुले कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले खेल पत्रकारले अनुष्काको गोपनियताको ध्यान नदिएको भन्दै रोष व्यक्त गरेका छन् । अन्य प्रयोगकर्ताले भने अनुष्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत फेब्रुअरी ३ मा एबी डिविलिअर्सले युट्युब च्यानलमा विराट दोस्रो सन्तानको पर्खाइमा रहेकाले उनले टेस्ट सिरिजको हिस्सा नबन्ने निर्णय लिएको खुलासा गरेका थिए । हो, उनको दोस्रो बच्चा आउँदैछ । यो परिवारको समय हो र यी कुरा विराटका लागि आवश्यक छन्, उनले भनेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid