April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:२२
गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

मुम्बई (बलिउड हंगामा) । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ ।

पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि, उनका क्रिकेटर पति विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् ।

केही दिन अघि क्रिकेटर डिविलिअर्सले अभिनेत्री अनुष्का गर्भवती रहेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनले कोहलीले परिवारसँग समय बिताउनका लागि टिमबाट बिदा लिएको दाबी गरेका थिए । तर केही समयपछि उनले आफ्नो भनाईलाई फिर्ता लिँदै माफी मागेका थिए । तर अहिले आएको एक खबरलाई आधार मान्ने हो भने डिविअलर्सको भनाईलाई सही मान्न सकिन्छ ।

समाचारअनुसार अनुष्काको गर्भावस्थामा केही समस्या देखिएको छ । खेल पत्रकार अभिषेक त्रिपाठीले ट्वीटरमा एक ट्वीट गर्दै अनुष्काको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

चार कुरा । पहिलोः जो डिविलियर्सले भनेका थिए, त्यो कुरा सही हो । दोस्रोः केही स्वास्थ्य समस्याका कारण विराटले अनुष्कालाई विदेशमा रहेका डाक्टरलाई देखाउने र परिवारका साथ केही समयका लागि उतै बस्ने निर्णय लिएका छन् । तेस्रोः उनले बीसीसीआईसँग अनुमति लिएर यो समय परिवारका साथ बिताउने निर्णय लिएका छन् । चौथोः हामी उनको सुखद भविष्यको कामना गर्न चाहन्छौं, त्रिपाठीले ट्वीट गरेका छन् ।

यो ट्वीटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ट्वीटरमा अनुष्का र विराटका फ्यानहरुले कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले खेल पत्रकारले अनुष्काको गोपनियताको ध्यान नदिएको भन्दै रोष व्यक्त गरेका छन् । अन्य प्रयोगकर्ताले भने अनुष्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत फेब्रुअरी ३ मा एबी डिविलिअर्सले युट्युब च्यानलमा विराट दोस्रो सन्तानको पर्खाइमा रहेकाले उनले टेस्ट सिरिजको हिस्सा नबन्ने निर्णय लिएको खुलासा गरेका थिए । हो, उनको दोस्रो बच्चा आउँदैछ । यो परिवारको समय हो र यी कुरा विराटका लागि आवश्यक छन्, उनले भनेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट