sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय, दुईजना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १२:४५
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय, दुईजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो ।

हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निस्क्रिय बनाएको हो ।

टेपले बाँधिएको प्रेसर कुकरभित्र डेटोनेटर, सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त बस्तु राखेर आतंक सिर्जना गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घर भई काठमाडौँको भीमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी छन् ।

उनीहरुले विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । चन्दा दिन आग्रह गर्ने र नदिए बम विष्फोट गराइदिने धम्की दिने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाईको डेडकर्ड, १ किलो सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid