May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दै

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० ११:२८
राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दै
  • राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड
  • साउनमा मात्रै एक हजार ६५७ वटा इमर्जेन्सी केस
  • इमर्जेन्सीमा आउनेमध्ये अधिकांश सवारी दुर्घटनाका घाइते
  • सामान्य चोटपटकदेखि इमर्जेन्सी शल्यक्रिया गर्नुपर्नेसम्मका अवस्था

काठमाडौं ।।

काठमाडौं । चाडपर्वमा अन्य अस्पतालमा चहलपहल कम भइरहँदा राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड हुने गरेको छ । इमर्जेन्सी कक्षमा घाइतेको चापले ड्युटीमा रहेका स्वास्थ्यकर्मी बिदाको महसुस नै गर्न पाउँदैनन् । विशेषगरी दसैँमा सवारी दुर्घटना बढ्दा त्यसको प्रत्यक्ष प्रभाव ट्रमाको इमर्जेन्सी कक्षमा देखिन्छ । त्यसो त ट्रमाको इमर्जेन्सीमा अन्य समयमा पनि दुर्घटनाका घाइते आउने गर्छन् ।

यसै वर्षको साउनमा मात्रै एक हजार ६५७ वटा इमर्जेन्सी केसको उपचार भएको अस्पताल निर्देशक डा. बद्री रिजाल बताउँछन् । यो संख्या असोजमा एक हजार ५६४ छ । इमर्जेन्सीमा आउनेमध्ये अधिकांश सवारी दुर्घटनाका घाइते छन् । चाडपर्वको समयमा तीव्र सवारी साधन चलाउने, मदिरा सेवन गरेर चलाउनेजस्ता कारणले दुईपांग्रे सवारी बढी दुर्घटना हुने गरेको पाइएको छ । यसरी आउने घाइतेमा सामान्य चोटपटकदेखि इमर्जेन्सी शल्यक्रिया गर्नुपर्नेसम्मका अवस्था भएको डा. रिजालको भनाइ छ ।

 

दसैँमा दुर्घटनाका इमर्जेन्सी केस कति बढी ? 

राष्ट्रिय ट्रमा सेन्टरको तथ्यांकमा दसैँ तिहारमा दुर्घटनाबाट इमर्जेन्सीमा आउने घाइतेको अन्य महिनाको भन्दा झन्डै दुईसयले बढी देखिन्छ । २०७८ को असोज १ देखि कात्तिक ३० सम्म इमर्जेन्सीमा तीन हजार ३१६ घाइतेको उपचार भएको छ । यो संख्या २०७९ मा तीन हजार ३४ छ । असार साउन र दसैँ तिहारका महिनाबाहेक मासिक औसत एक हजार दुईसय इमर्जेन्सी केस हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन् । ३७ बेड इमर्जेन्सी सञ्चालनमा रहेको ट्रमाका लागि दसैँ तिहारमा आउने इमर्जेन्सी केस धान्न हम्मेहम्मे पर्छ । “हामीलाई अन्य समयमा पनि इमर्जेन्सी बेड पर्याप्त छैन झन् दसैँको बेला देशभरबाट केस आउँछन् अवस्था सहज हुँदैन,” निर्देशक डा. रिजाल भन्छन् । ट्रमाले वार्षिक १९ हजार इमर्जेन्सी केसको उपचार गर्दै आएको तथ्यांक छ ।

इमर्जेन्सी मात्रै झन्डै ५० जना तैनाथ

 दसैँ अवधिभरमा दुर्घटनाका घटना बढ्ने हुँदा ट्रमाको इमर्जेन्सीमा झन्डै ५० जना स्वास्थ्यकर्मी ड्युटीमा खटाउने गरिएको छ । डा. रिजालका अनुसार ३२ जना स्टाफ नर्स, कन्सल्टेन्ट तथा आवासीय चिकित्सकलगायत ५० जनाको टोली इमर्जेन्सी कक्षमा ड्युटीमा रहन्छन् । यसबाहेक इमर्जेन्सी शल्यक्रियाका लागि विशेषज्ञको टोलीलाई पनि जगेडा राख्ने गरिएको उनी बताउँछन् । तर, दुईसय बेडको अस्पतालमा २६७ जना मात्रै सरकारको स्थायी दरबन्दी रहेकाले ट्रमा सेन्टरलाई अझै पर्याप्त जनशक्तिको अभाव रहेको डा. रिजालको भनाइ छ ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।