May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:३८
पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५९ रूपैयाँ पुुगेको छ ।

यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डाै, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ तथा डिजल र मट्टीतेलको लिटरको १६० रूपैयाँ पुुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।