May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन : अर्थमन्त्री महत

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १२:५४
प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो समन्वय भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति जनाए ।

शुक्रबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा कुनै समस्या नरहेको दाबी गरे । ‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ,’ उनले भने, ‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन । राम्रो समन्वय र छलफल भइरहेको छ । विवादको कुनै कुरा छैन । यस्तो भ्रमको सञ्चार नगरिदिन मेरो आग्रह छ ।’

अर्थमन्त्री महतले मन्त्रालयले संसद्बाट पारित गरेको बजेट कटौती नगरेको, बरू अर्धवार्षिक समीक्षा गरेको बताए । ‘अर्थमन्त्रीले बजेट कटौती गरेको समाचारहरू आयो,’ अर्थमन्त्री महतले अघि भने, ‘बजेट कटौती गरेको होइन, तर त्यसरी प्रचार गरियो, त्यो गलत हो । बजेट संसद्बाट पारित भएको हो ।

संसद्ले पारित भएको बजेटलाई हामीले बीचैमा फेरबदल गर्ने वा कटौती गर्ने भन्ने कुरा हुदैन । हामीले छ महिनामा के ग¥यौँ ? अब के गर्छौ ? भन्ने कुरामा हामीले छलफल गरेको हो, अनुमान गरेको हो र समीक्षा गरेको हो । यसको गलत सन्देश जाने गरी प्रचार भएको छ, म यसमा भ्रमित नहुन आग्रह गर्दछु ।’ उनले सरकारले बाँकी रहेका छ महिनामा बढीभन्दा बढी आम्दानी उठाउने र खर्च गर्ने गरी काम गर्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।