April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की

मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १२:0५
मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग

सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगर कमिटीले महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई कारबाही गर्न माग गरेको छ। मेयर बालेनले मदिरा पिएर स्तरहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै युवा संघको महानगर कमिटीले मेयर बालेनलाई कानुनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग माग गरेको हो।
आफ्नै कमजोरीका कारण कर्मचारीहरूको तलब–भत्ता रोकिएको विषयलाई लिएर सनकमा आपत्तिजनक अभिव्यक्ति दिएको संघले जिकिर गरेको छ।

’देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला आफ्नै कमजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरूको तलब भत्ता रोकिएको विषयलाई लिएर काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारीले तलब नपाए “टुकुचामा गाड्छुू भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर कमिटीको गम्भीर ध्यान आकर्षण भएको छ’, भनेर युवा संघका महानगर कमिटी अध्यक्ष दीपेश सुधाकरको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १२:0५

प्रतिक्रिया

नेपाल अपडेट