May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

४८ अर्ब ऋण हुँदा हुँदै जहाज किन्न आँतुर हुँदै निगम

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१0
४८ अर्ब ऋण हुँदा हुँदै जहाज किन्न आँतुर हुँदै निगम
  • विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगिसक्यो 
  • नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् नै लागे
  • पर्यटन मन्त्री सुदन किराती जहाज किन्न हौसिएका छन् 

काठमाडौं ।।

एकातिर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगेको छ भने अर्कातिर नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् लागेका छन् । नेपाल वायुसेवा सुधार समितिले बुझाएको प्रतिवेदन अनुसार, समयमा विमान खरिदका लागि लिएको ऋण ४८ अर्ब १७ करोड रुपैयाँमा पुगेको देखाएको छ । पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिको प्रतिवेदन सोल्टी होटलको सेयर बेची नयाँ जहाज किन्न सुझाएपछि पर्यटन मन्त्री सुदन किराती हौसिएका हुन् ।

निगमले जहाज किन्दा होस् या भाडामा लिँदा प्रकरणको रुप धारण गर्ने क्रम निरन्तर छ । जब पर्यटन मन्त्री हौसिन पुग्छन्, सँगै कमिशन र भ्रष्टाचार प्रकरणमा रुपान्तरित हुने गर्छ । नयाँ जहाज खरिदको दौडधुपमा लागेका मन्त्री किरातीलाई क्षेत्री प्रतिवेदनको साहरा मिलेको छ ।  त्यसो त, मन्त्री नियुक्त भएपछि उनी जहाज खरिदमै जोड दिँदै आएका छन् । किरातीले सार्वजनिक कार्यक्रममा पनि जहाज खरिद गर्ने बताउँदै आएका छन् । जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको मन्त्री किरातीको तर्क छ । त्यसमा आफ्नो निजी स्वार्थ नभएको समेत दाबी गर्दै आएका छन् ।

मन्त्री किरातीले बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पनि जहाज खरिद गर्ने बताएका थिए । “हामीसँग एक अर्ब ६५ करोड पैसा छ । साना जहाजको प्रक्रियामा हामी अघि बढेका छौं । इतिहासदेखि ऋणमुक्त हुने गरी नाफा हुने भएन,” मन्त्री किरातीले भने, “हामीसँग ६ वटा जहाज छ । हामी आएपछि सञ्चालन खर्चमा नाफा भएको छ ।” क्षेत्री समितिले निगमको सोल्टी होटेलमा भएको सेयर बेचेर स्रोतको जोहो गर्न सुझाव दिएको छ ।  निगमको सोल्टी होटेलमा एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर स्वामित्व छ ।  उक्त सेयर बेचेर जहाज खरिद गर्न स्रोतको जोहो गर्न सकिने समितिको सुझाव छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।