December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

इलाममा बस दुर्घटना : ३७ जना घाइते

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० २0:१६
इलाममा बस दुर्घटना : ३७ जना घाइते

३ मंसिर, विराटनगर । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रोङ– ३ अर्याल चोकनजिकै ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका प्रहरीले जनाएको छ।

धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको थियो ।

 

बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।

बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उनले बताए । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० २0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।