May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

नेपाली नागरिकले भारतीय सिम सहजै पाउन सक्ने

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १0:४२
नेपाली नागरिकले भारतीय सिम सहजै पाउन सक्ने

काठमाडौँ । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइको छ । तीन महिनाको म्याद सकेपछि नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालबाहेक अन्य देशबाट भारत पुगेको खण्डमा भने नेपाली नागरिकले भने पासपोर्ट र मान्य भिसा स्ट्याम्प अनिवार्य देखाउनुपर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएको बेला यो विषयमा उनले त्यहाँ यो प्रस्ताव राखेका थिए । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि भारत भ्रमणमा गएको बेला पनि यो कुरा उठाएकी थिइन् ।

हालै प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोली भारत भ्रमणमा गएको बेला यो विषयमा कुराकानी भएको थियो ।भारतमा रहेको नेपाली राजदूतावासले पनि यसका लागि नियमित प्रयास गरिरहेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट