May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

कोसीका मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा सकियो

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १५, २०८० १६:१0
कोसीका मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा सकियो

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिएको छ । झापाको बाहुन डाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो ।

यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदल यात्रा गरेका छन् । यसक्रममा उनले पाँच जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुँदै पदयात्रा गरेका थिए ।‌ कार्कीसहित पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पनि दैनिक ४० किलोमिटर पैदल यात्रा गरेका थिए ।‌

मुख्यमन्त्रीले पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तर्संवाद गरी जानकारी लिएको विषयलाई संश्लेषण गरिने र कार्य योजना तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशका सचिव विशाल घिमिरेले जानकारी दिए ।‌

जङ्गली हात्तीको परम्परागत जैविक मार्गमा गरिएको यो यात्रा मानव हात्तीबिचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।‌ हात्ती दुस्मन होइन भन्दै मुख्यमन्त्री कार्की पालिका, वार्ड र खेत खलियानसम्म सरकार पुगेको बताउँदै भने, ‘जङ्गल कसको हो ? हामी स्थानीयबाट समस्या बुझ्ने र समाधानको उपाय लिन पदयात्रामा निस्किएका हौँ । हात्ती सँगसँगै बस्नुको विकल्प छैन ।’

सरकार आफै जङ्गल, बस्ती र टोल टोलसम्म पुगेर समस्या बुझ्ने कामको सुरुवात गरेको बताउँदै उनले यो सरकार बोल्नेभन्दा पनि काम गर्ने दिशामा सक्रिय भएको बताए ।‌ जनसंख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चापले हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक वासस्थानको घटेको यात्रामा देखेको र यस्ता विषयलाई बजेटमार्फत सम्बोधन गर्ने कार्कीले बताए ।

कोशी प्रदेशका पाँच जिल्लामा हात्तीले घर गोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्‍याउँदै आएको छ । समस्याहरूलाई उजागर गरी आगामी दिनमा मानव हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रक्रियामा हात्तीमैत्री वातावरण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेतर्फ यस पदयात्रा लक्षित रहेको पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।‌ हात्ती विज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि संसारभर यसरी कतै पनि पदयात्रा नभएको बताउँदै भने, ‘यो यात्राले हात्ती संरक्षणमा थप काम गर्न बल पुगेको छ । यो संसारमै पहिलो पटक पर्यावरण मैत्री पदयात्रा भएको छ ।’

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १५, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट