May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १८, २०८० १२:१७
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ । आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो ।

निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।

बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो ।

प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको भन्दै रास्वपा महामन्त्री मुकुल ढकालले भने, ‘२०७९ को निर्वाचनमा प्रदेशको वर्तमान संरचनाप्रति विमति जनाएर हामीले उम्मेदवारी दिएनौं । उपनिर्वाचनमा पनि रास्वजपाले उम्मेदवारी दिँदैन ।’ प्रदेशसभाबारे नयाँ निर्णय नलिएसम्म रास्वपाले उम्मेदवारी नदिने महामन्त्री ढकालको भनाइ छ । ‘२०८४ मा के गर्ने भन्ने विषय पार्टीमा छलफल भएपछि एउटा निर्णयमा पुग्छौँ । अहिले उपनिर्वाचनमा सहभागी सहभागी नहुने नै कुरा छ । एउटा सिटमा उम्मेदवारी दिएर के अर्थ भन्ने छ,’ उनले भने ।

रास्वपाले प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको इलाम २ मा आफूलाई केन्द्रित गरेको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाएको छ भने आज रास्वपाका ७ जना सांसद इलाम जाँदैछन् । गत वैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाले चितवन—२ र तनहुँ १ मा बाजी मारेको थियो । चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुनर्निर्वाचित हुँदा तनहुँ—१ बाट उपसभापति स्वर्णिम वाग्ले विजयी भएका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १८, २०८० १२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट