May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कांग्रेसले सबैलाई काम गर्ने र गरिखाने वातावरण बनाउँछ : प्रकाशमान सिंह

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० ११:४३
कांग्रेसले सबैलाई काम गर्ने र गरिखाने वातावरण बनाउँछ : प्रकाशमान सिंह
  • काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने 
  • पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ
  • सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने
  • योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने

 काठमाडौं ।।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए । आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

उनले अब आर्थिक क्रान्तिको बेला भएकाले पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने बताए । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए । केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’ हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।

कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए । खाली इतिहासको मात्र कुरा गर्छ भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छ र जनचाहना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जनतामाझ जान्छ,’ उनले भने, ‘जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?

’ सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका निर्वाचित जनप्रतिनिधिले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भएकाले जिम्मेवारपूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताइन् । यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ र प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे लगायतले पार्टीका हरेक नेता-कार्यकर्ताहरुले आ-आफ्नो स्थानबाट संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।