काठमाडौँ- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारीका लागि सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले निवेदन दिएका छन् ।
उनले आइतबार उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका हुन् ।
संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख नेम्वाङको निधन भएपछि इलाम- २ मा हुँदैछ ।यसका लागि उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् ।एमालेको इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिएका छन् ।
सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलालले निवेदन दिएका हुन् ।यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची रहेको छ ।