हिन्दुधर्मालम्वीहरुको एक चाड होली नजिकीए सँगै काठमाडौको सँगै वरिपरिका स्थानमा रंगहरुको रौनक सुरु भएको छ ।
आज विहान होलीको सुरुवादी स्वरुप नेवारी परम्परा अनुसार बसन्तपुरमा चीर ठड्याइएको छ । होलीको चीर ठड्याइएसँगै आजदेखि विधिवतरूपमा फागु पर्व अर्थात होली पर्व शुरु भएको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।
बसन्तपुरको गद्दी बैठक दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।