गुरुचेलाको सम्बन्ध रहेका माओवादी नेता कृष्ण बहादुर महरा र नेकपाका महासचिव विप्लवबिच जम्काभेट भएको ।
सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौँ ल्याइदै गर्दा एयर पोर्टमा भेट भएको हो । रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको छ । जसअनुसार प्रहरी नियन्त्रणमा रहेका महराको भैरहवा विमानस्थलमा नेकपाका महासचिव विप्लवसँग जम्काभेट भएको पाइएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महरासँग उनको जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए ।
महरा र विप्लव विगतमा एकै पार्टीमा थिए भने उनीहरुबीच गुरुचेलाको सम्बन्ध छ ।