April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

भदौ १६ र १७ गते एमालेको भब्य अधिवेशन हुँदै

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० ११:२४
भदौ १६ र १७ गते एमालेको भब्य अधिवेशन हुँदै
  • अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने
  • भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका तय
  • प्रतिनिधिहरुले आवासको व्यवस्थापन आफै गर्नुपर्ने

बुटवल ।।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अधिवेशन सबैभन्दा अगाडि आगामी भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ । बुटवल-१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुने अधिवेशनमा सहभागी हुन एमालेले प्रदेशका १०९ वटै पालिकामा भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामा कुल ८२ हजार ३०३ जना पार्टी सदस्य रहेका कंडेलले बताए । कुल पार्टी सदस्य संख्याबाट खुल्लातर्फ १०० जना पार्टी सदस्य बराबर एक जना, दलिततर्फ ७५ जना सदस्य बराबर एक, जनसंगठनतर्फ प्रदेश महासंघबाट पाँच जना र अन्यबाट तीन जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको अध्यक्ष कंडेलले बताए ।

‘प्रतिनिधि छनोटमा दोहोरोपन र कुनै कैफियत नहोस् भनेर बाह्र जिल्लाका एक सय नौ वटै पालिकामा एकैपटक छनोट गर्ने विधि अपनाएका हौं,’ अध्यक्ष कंडेलले भने, ‘अधिवेशनमा एक हजार जना हाराहारीमा प्रतिनिधि हुन्छन्,त्यसमा थोरै संख्या तलमाथि हुनसक्छ ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीका कामहरु अघि बढाइएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले आवासको व्यवस्थापन आफै गर्नुपर्ने नियम बनाइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।