नेपाल विद्यार्थी संघ नेविसंघले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।