May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

सिद्धार्थ ढकाल र विकास राई युक्रेनको हिरासतमा

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:२0
सिद्धार्थ ढकाल र विकास राई युक्रेनको हिरासतमा
  • दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा
  • उनीहरु हालसम्म सुरक्षित भएको खुलाशा 
  • पैसाका लागि रुसी सेनामा नआउन आग्रह

काठमाडौं ।।

रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो प्राप्त भएको छ । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् ।

‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’ ३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि रुसी सेनामा भर्ना भएर धेरै दुःख पाएको बताएका छन् । ‘पैसाका लागि रुसी सेनामा भर्ना हुँदा मैले धेरै नै दुःख पाएँ’ उनले भनेका छन् ।

विकासले रुसमा धेरै जोखिम भएकाले पैसाका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् । ‘यहाँ धेरै गाह्रो छ, जिन्दगीको सवाल छ’, उनले भनेका छन्, ‘जो–जो यहाँ आउने सोचमा हुनुहुन्छ, कृपया नआउनु होला । उनीहरु हामीलाई जंगली जनावर जस्तै व्यवहार गर्छन् । यहाँ बाँच्न धेरै गाह्रो छ ।’ उनले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको समेत खुलाएका छन् ।

तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रुसी सेनामा भर्ना भएका थिए । मंसिर १८ गते युक्रेनी सेनाले भिडियो सार्वजनिक गरेसँगै उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो । युक्रेनमा बन्दी बनाइएका मोरङ लेटाङ नगरपालिका– ३ का विकास राईले नोभेम्बर ५ तारिखदेखि युद्धमा सहभागी भएको र १० दिनअघि युक्रेनमा पक्राउ परेको बताएका छन् । ‘म भाग्यमानी रहेछु, यहाँ (युक्रेन) आएर पक्राउ परेँ र सकुशल हुन पाएँ,’ उनले भने, ‘तर सबैको त्यस्तो हुन सक्दैन ।’

२ मिनेट ४८ सेकेण्डको भिडियो सन्देशमा रुस–युक्रेन युद्ध एकदमै भयानक भएको भन्दै यहाँ नआउन आग्रह गरेका छन् ।‘यो २१ औं शताब्दीको युद्ध हो । यहाँ मेशिनरी हतियार प्रयोग हुन्छ । यो युद्ध हामीले सोचेको भन्दा एकदमै भयानक छ’ उनले भनेका छन्, ‘मैले आँखै अगाडि साथीहरु ज्यान गुमाएको देखेको छु ।’ उनले नेपालमै भविष्य बनाउन सकिने बताउँदै पैसाको पछाडि परेर ज्यान फाल्नका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।