May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

दूधले नुहाएको पार्टी होइन –रवि लामिछाने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १८:५६
दूधले नुहाएको पार्टी होइन –रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने कांग्रेसले नैतिकता र र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्। मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कांग्रेसले ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने, संसदीय छानबिन समिति र राजीनामा नै माग्ने कार्यमाथि प्रश्न उठाएका हुन्। ‘देशमा अनियमितता गर्ने माथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन,’ उनले भने। कांग्रेस दूधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्यांकन गरेको उनले बताए। कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्नु भन्दै व्यङ्ग्य गरे। लामिछानेले संसद्‌मा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाई सम्मान गर्ने भन्दै छानबिन आयोगको विषय संसद्को अधिकारको कुरा भएको बताए। कांग्रेसले संसदीय छानबिन समिति मागेको प्रसंगले उनले भने, ‘त्यो उहाँहरूको माग्ने कुरा हो। माग्ने कुरा आफ्नो ठाउँमा छ, त्यो अब कुन ढंगले जान्छ, हेरौं।’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १८:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट