काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ सांसदलाई तोकेको जरिवाना बदर भएको छ।
समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीलाई १५÷१५ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । त्यसविरुद्ध उनीहरुले साउन १४ गते उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो ।