May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

काँकरभिट्टा नाका भएर २३ देशका नागरिक आवतजावत

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १५:४१
काँकरभिट्टा नाका भएर २३ देशका नागरिक आवतजावत

बिर्तामोड । झापाको मेचीनगरस्थित काँकरभिट्टा नाका भएर २३ देशका नागरिकले आवतजावत गरेका छन् । काँकरभिट्टा नाका भएर २३ देशका नागरिकले आवतजावत गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

गत जेठ १ गतेदेखि चैत्र ७ गतेसम्मको तथ्याङ्क अनुसार काँकरभिट्टा नाका भएर ८ हजार १५२ जना मानिस नेपाल आएको र ७ हजार ४७१ जना मानिस बाहिरिएका छन् । कार्यालयका सूचना अधिकारी इन्द्र राजवंशीका अनुसार सो नाका भएर सबैभन्दा धेरै नेपाली नागरिक तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सो अवधिमा ४ हजार ३६७ जना नेपालीहरु नेपाल आएका हुन् । विशेषगरी नेपाली विद्यार्थीहरु अध्ययनका लागि यो नाका भएर बंगलादेश जाने गरेका छन् ।

त्यस्तै सो अवधिमा सबैभन्दा धेरै ३ हजार ८४० जना भुटानका नागरिकहरु बाहिरिएको कार्यालयकी कर्मचारी रञ्जु दाहालले जानकारी दिइन् ।

भारतले आधिकारिक जानकारी नगराएपनि पानीट्याङ्की नाका भएर भुटानी नागरिक बाहेक अन्य तेस्रो मुलुकका नागरिकलाई प्रवेश गर्न नदिएको अध्यागमन कार्यालय स्रोतले जनायो । अफिसियल कागजात भएका र भारतीय कार्ड होल्डर विदेशी नागरिक भने पानीट्याङ्की नाका भएर सहजरुपमा भारत प्रवेश गरिरहेको स्रोतको भनाइ छ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।