काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने जिकिर गर्नु भएको छ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताउनु भयो ।
उहाँले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पार्नुभयो । नेपालमा १२५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकैपटक मन्त्री बन्न अवसर आउन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको दावी पनि गर्नुभयो ।