April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सिटिजन लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १६:३२
सिटिजन लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। बिहीबार बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत आइपिओ बाँडफाँट भएकाे हाे ।

गाेलाप्रथामार्फत नाै लाख आवेदकले १० कित्ताका दरले आइपिओ प्राप्त गरेका छन्।

आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन परेकाेमा एक लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य १४ लाख सात हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपीओ जारी गरेकाे थियाे ।

कम्पनीले जारी पुँजी तीन अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पाँच प्रतिशत अर्थात् पाँच करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको पाँच लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरेको थियाे ।

त्यस्तै, कम्पनीले बाँकी एक अर्ब छ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको एक करोड छ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र पाँच लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

आइपिओकाे नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने जनाइएकाे छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।